प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीकाे स्वामित्वमा रहेकाे ७ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (माघ ५ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ ।
क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ४६ हजार कित्ता, प्राइम कमर्सियल बैंक लिमिटेडको ६० हजार ६ सय ७५ कित्ता, कुमारी बैंक लिमिटेडकाे २ लाख कित्ता, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एक लाख कित्ता र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
जसमध्ये, प्रभु बैंक लिमिटेडकाे मूल्य १७५ रूपैयाँ, प्राइम कमर्सियल बैंक लिमिटेडकाे १९० रूपैयाँ, कुमारी बैंक लिमिटेडकाे १७५ रूपैयाँ, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे २५० रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४०० रूपैयाँ, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे मूल्य ३९४ रूपैयाँ र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे मूल्य ४५० रूपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस