Like us!
Follow us!
Connect us!
Watch us!

इलाम नगरपालिका र मिक्लाजुङमा एमाले विजयी

आइतबार, १८ असार २०७४, २२ : ३० मा प्रकाशित

इलाम नगरपालिका र मिक्लाजुङमा एमाले विजयी

अर्थ संसार, काठमाडौं– नेपालकै सबैभन्दा पुरानो नगरपालिकाका रूपमा रहेका इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी हासिल गरेको छ ।

प्रमुख महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमालय कर्माचार्यले नौ हजार २६८ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा एमालेकै सुशीला नेम्वाङले १० हजार ९४६ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्दा कार्कीले नौ हजार २५४ मत प्राप्त गर्नुभयो ।

बाह्र वडामध्ये वडा नं १, २, ५, ६, ९ र १० एमाले विजयी भएका छन् भने वडा नं ३, ४, ११ र १२ मा काँग्रेसले विजयी प्राप्त गरेका छन् । त्यस्तै वडा नं ७ र ८ को वडाध्यक्ष काँग्रेसले र अन्य सदस्यमा एमाले जितेको छ ।

नगरपालिका प्रमुख बस्नेत २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभएको थियो । विसं २०४२ सालको पञ्चायतकालिन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनि बस्नेतसँगै ७३ मतले पराजित बन्नुभएका कर्माचार्यले २० वर्षपछि पनि भेट हुँदा ठूलो मतान्तरले पराजित हुनुप¥यो ।

त्यसै गरी मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वार विजयी भएका छन् । सो पार्टीका देवीप्रसाद आचार्यले पाँच हजार २२९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मानबहादुर राईले तीन हजार ६०५ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, नेकपा ९एमाले०कै उपप्रमुखमा सरला राईले पाँच हजार ८३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले तीन हजार ६२५ मत प्राप्त गर्नु भएको थियो ।

नौ वडा रहेको सो गाउँपालिकामा एमालेले १, २, ४, ६, ७ र ८ मा वडाअध्यक्षसहित पूरा समूहकै जित हात पारेको छ भने नेपाली काँग्रेसले ३, ५ र ९ नं वडाका वडाअध्यक्षसहित पूरा समूह नै विजयी भएको सो गाउँपालिकाको निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी गराउनुभएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको