Like us!
Follow us!
Connect us!
Watch us!

मतपत्र गायब भएपछि दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो

सोमबार, १९ असार २०७४, ०८ : ४५ मा प्रकाशित

मतपत्र गायब भएपछि दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो


अर्थ संसार, डोटी– दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो ।

९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताउनुभयो ।

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का ९बाजी० ले तीन हजार ८५७ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले) की प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको