Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नाफासँगै घट्यो ईपीएस, अरू सूचक के भए ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १३ : ४३ मा प्रकाशित

प्रभु बैंकको नाफासँगै घट्यो ईपीएस, अरू सूचक के भए ?

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.९० प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ४.७८ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५० लाख २ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ६९ करोड ६० लाख २५ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १२.९९ प्रतिशतले घटेर एक अर्ब ८६ करोड ८१ लाख २० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब १४ करोड ६९ लाख ६२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १९ रूपैयाँ ८६ पैसा कायम भएकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा रहेकाे छ ।

बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

61ea696523882.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको