Like us!
Follow us!
Connect us!
Watch us!

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी

सोमबार, १९ असार २०७४, १५ : ३३ मा प्रकाशित

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी

अर्थ संसार, धनकुटा– जिल्लाका सबै स्थानीय तहमा नेकपा (एमाले) विजयी भएका छन् । धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् ।

तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङले चार हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश राईले चार हजार ८१९ मत प्राप्त गर्नुभयो ।

उपप्रमखुमा एमालेकै सकुन्तला बस्नेतले पाँच हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी रेणु श्रेष्ठले तीन हजार ३९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी पाख्रिबास नगरपालिकाका प्रमुखमा विर्खबहादुर राईले चार हजार ४३९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा थापाले एक हजार ६२८ मत प्राप्त गरेकी छिन् ।

उपप्रमखुमा एमालेकी देवकला पौडेल ९तिम्सिना०ले चार हजार ४२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपालले चार हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँगे्रसका अग्नि पौडेलले तीन हजार १७६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मञ्जु अधिकारीले चार हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेससँग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले दुई हजार १५६ मत प्राप्त गर्नुभयो ।

यसैगरी खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राईले चार हजार ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का भरतसिंह राईले एक हजार ५७९ मत प्राप्त गर्नुभएको हो ।
उपाध्यक्षमा एमालेकै रत्नश्वरी राईले तीन हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई एक हजार ५३४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, चौविसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राईले तीन हजार ७८२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचालले तीन हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उहाँका निकटतम् प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरिन् ।

यसैगरी छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बूले तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णु पारघरीले एक हजार ५३१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले तीन हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गीता लिम्बू खेवाले दुई हजार ७३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्षमा कुमारजङ्ग याखाले चार हजार ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका जितेन्द्र राईले तीन हजार ३३३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै विन्द्रा राईले चार हजार ३२९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्दी संङ्घीय समाजवादी फोरमका बलबहादुर राईले दुई हजार २७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको