Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १३ : ४० मा प्रकाशित

एनएमबि बैंकले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह

एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे पाैष २२ गते, सम्पन्न भएकाे छब्बीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ३.३० प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

बैंककाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61ed0a4b71e6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको