Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिराे, किन आत्तिए लगानीकर्ता ?

नेप्से

सोमबार, १० माघ २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा पहिराे, किन आत्तिए लगानीकर्ता ?

आज (साेमबार) सेयर बजारमा पहिराे गएकाे छ । सेयर बजार सेञ्चुरीले घट्दा झण्डै ९ अर्बकाे काराेबार भएकाे छ ।

सत्ता साझेदार दलहरुको आईतबारको बैठकले वैशाखमा स्थानिय निर्वाचन नगर्ने सहमती पछि लगानीकर्ताहरु बजारबाट बाहिरिएको बताउँछन् अनुभवी लगानीकर्ता रबिन शाही । "धेरै लगानीकर्ताहरुको अपेक्षा वैशाखमा निर्वाचन हुने र त्यसले अहिले बजारमा देखिएको तरलताको समस्यालाई पनि धेरै हदसम्म समाधान गर्ने थियो, त्यस्तै विगतदेखि नै देशमा निर्वाचनको माहोल बन्दा बजार समेत सकारमत्मक नै हुन्थ्यो त्यही अपेक्षामा आम लगानीकर्ताहरु थिए तर सरकारले निर्वाचनको मिति सार्ने देखेपछि लगानीकर्ताहरु आत्तिएर केहि प्यानिक सेल बजारमा देखिएको हो  । तर यो लामो समय टिक्दैन सम्भवत भोलिदेखि नै बजार लयमा फर्केला" उनले भने ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेकाे छ । नेप्से ३.४३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १८.२० अंकले घटेर ५२५.९० विन्दुमा झरेकाे छ ।

कूल २२८ वटा कम्पनीकाे एक कराेड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रूपैयाँ ५७ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेकाे छ ।

आज अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३८ कराेड ३४ लाख २४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

साेमबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ । 

यस दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ७.८२ प्रतिशतले घटेर ४ सय ४० रूपैयाँ ६० पैसामा झरेकाे छ ।

याे पनि : 

बजार माथि जाने देखिन्छ तर....बिहिबार बुलिस क्यानडल देखिया हो ? Entry, Exit की Hold? Ajay Singh Thapa

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको