Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

अर्थ संसार

सोमबार, १० माघ २०७८, १७ : २५ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमाएक कार्यक्रमबिच“सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको छ ।

कम्पनीले कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरेसँगै, सो अवधिसम्मका याद्गार पलहरुलाई सधैको लागि साच्न सकियोस भनेर यिनै पलहरुको समीक्षा स्वरुप यस जर्नल “सिटिजन खबर” लिएर आएको कम्पनीले जनाएको छ । बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु,विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे,प्रमुख कार्यकारी अधिकृत  पोषक राजपौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख  दशरथ मणी खड्का, नायव महाप्रवन्धक दिपबहादुर बि. सी.साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा गरेका थिए ।

यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशन जारी रख्ने कम्पनीले जनाएको छ ।  

हरेक परिस्थितिलाई अवसरको रुपमा लिदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

साथै जीवन बीमा सेवालाई सर्व सुलभ रुपमा हरेक नेपालीको पहुंचमा पुर्याइ उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुशीकापलहरु सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

साथै, वर्तमान अवस्था चाडैनै  अनुकुलभई दैनिकी सहजहुने अपेक्षा सहित स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सम्पूर्ण महानुभावहरुमा अनुरोध सहित सुस्वास्थको शुभकामना व्यक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको