Like us!
Follow us!
Connect us!
Watch us!

माई नगरपालिकामा एमाले विजयी

सोमबार, १९ असार २०७४, २२ : १२ मा प्रकाशित

माई नगरपालिकामा एमाले विजयी

अर्थ संसार, इलाम–माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा एमालेका दीपककुमार थेबे छ हजार ७७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकुमार कार्कीले चार हजार ५२६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य पाँच हजार ८९६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्द्रमाया लिम्बूले चार हजार ६८३ मत प्राप्त गर्नुभयो ।

यसैबीच, इलामका १० स्थानीय निकायमध्ये इलाम, देउमाई नगरपालिका, सन्दकपुर, माई जोगमाई, चुलाचुली गाउँपालिका प्रमुख तथा उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । सूर्योदय नगरपालिकामा भने अझै परिणाम आउन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको