Like us!
Follow us!
Connect us!
Watch us!

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको गिरावट, किन दोहोरिएन ईतिहास ?

नेप्से

मंगलबार, ११ माघ २०७८, १५ : ०२ मा प्रकाशित

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको गिरावट, किन दोहोरिएन ईतिहास ?

आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । तीव्र उतारचढावबीच अन्त्यमा नेप्सेमा झिनाे गिरावट देखिएकाे छ । 

विगतमा नेप्सेमा ठुलो अंकको गिरावटपछिको अर्को दिनमा उच्च अंकको वृद्धि हुने गर्दथ्यो तर यो पटक भने त्यही इतिहास नदोहोरिनुका विभिन्न कारणहरु भएको बताउँछन् अनुभवी लगानीकर्ता रोशन पुरी । "विगतमा बजार घट्नुका केहि विशेष कारणहरु हुन्थे जस्तो कि संसद विगठन हुँदा, राष्ट्र बैंकले मौद्रिक निति मार्फत सेयर कर्जामा लगाएका सिमाका कारण लगायत विभिन्न कारणहरुले नेप्से घटेको थियो तर हिजो नेप्सेमा त्यति ठुलो गिरावट आउने कुनै विशेष कारण थिएन त्यही चुनाव पुर्वनिर्धारित समयमा नहुने बाहेक अरु कुनै पनि कारणहरु छैन अहिले बजार घटेको भन्दा पनि घटाइएको जस्तो देखिन्छ, खेलाडीहरुले प्रायोजित रुपमा बजार घटाउन खोजेका कारणले बजार घटेको हो भन्ने मेरो विश्लेषण हो अब बजार धेरै घट्ने ठाँउ पनि छैन अबको १-२ दिनमै बजार अवश्य फर्किन्छ " उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेकाे छ । नेप्से ०.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज लाइफ इन्स्याेरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

आज एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ९४ लाख ५१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६ रुपैयाँ पुगेको छ । यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेकाे छ । 

यस दिन १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ८.३४ प्रतिशतले घटेर एक हजार रूपैयाँमा झरेकाे छ ।

याे पनि : 

बजार माथि जाने देखिन्छ तर....बिहिबार बुलिस क्यानडल देखिया हो ? Entry, Exit की Hold? Ajay Singh Thapa

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको