Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफा ३.२३ प्रतिशतले बढ्यो, किन घट्यो ईपिएस ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०८ : ०७ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफा ३.२३ प्रतिशतले बढ्यो, किन घट्यो ईपिएस ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले  ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३.२३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३२ करोड ४० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७.७९ प्रतिशतले बढेर ७१ करोड ३० लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६६ करोड १४ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा बढेर ४७ करोड २९ लाख ९९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ । 

संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ४८ रुपैयाँ २१ पैसा रहेको छ संस्थाको ईपिएस गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १६ रुपैयाँले घटेको छ कम्पनीले वितरण गरेको बोनस को तुलनामा संस्थाको आम्दानी बृद्धि हुन नसक्दा ईपिएसमा संकुचन आएको हो । संस्थाको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f2024cdaef2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको