Like us!
Follow us!
Connect us!
Watch us!

९ सिमेन्ट कम्पनीका सञ्चालक सहित १८ जनाविरुद्ध मुद्दा, १.२४ अर्ब राजस्व चुहावटको आरोप

पत्रपत्रिका

विहीबार, १३ माघ २०७८, ०८ : ३० मा प्रकाशित

९ सिमेन्ट कम्पनीका सञ्चालक सहित १८ जनाविरुद्ध मुद्दा, १.२४ अर्ब राजस्व चुहावटको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनालाई अनियमितता आरोपमा मुद्दा दायर गरेको छ । आयोगले विभागका महानिर्देशक रामप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष पशुपति मुरारकासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध १ अर्ब २४ करोड ३५ लाख २६ हजार ६ सय ४३ बराबरको राजस्व चुहावट गरेर अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको आयोगले जनाएको छ । मुद्दा दायर भएकामा भूगर्भ विभागका सुपरिटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिस्ट डा सौनक भण्डारी छन् ।

त्यस्तै, खानी तथा चुनढुंगा दोहन गर्ने नौवटा कम्पनीका सञ्चालकविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेस टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

खानी विभागका तत्कालीन उपमहानिर्देशक रामप्रसाद घिमिरे (हाल महानिर्देशक)को संयोजकत्वमा १४ जेठ २०७६ मा गठित तीन सदस्यीय छानबिन समितिले नौ सिमेन्ट उद्योगसँग अधिक चुनखानी उत्खनन गरेबापत १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ असुल्न सिफारिस गरेको थियो । सिमेन्ट उद्योगहरूले तोकिएको भन्दा बढी उत्खनन् गरेको सूचनाका आधारमा तत्कालीन उपमहानिर्देशक घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको