Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो त्रैमास: वितरणयोग्य मुनाफामा एभरेष्ट बैंकको छलाङ, कुनको लाभांश क्षमता कति ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १५ : ५० मा प्रकाशित

दोस्रो त्रैमास: वितरणयोग्य मुनाफामा एभरेष्ट बैंकको छलाङ, कुनको लाभांश क्षमता कति ?

नेपालका २७ वाणिज्य बैंकहरुमध्ये २६ वटा बैंकहरु नेप्सेमा सुचिकृत छन् । ती सबै बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

कम्पनीमा कति वितरणयोग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो एभरेष्ट बैंक देखिएको छ । समिक्षा अवधीसम्ममा बैकको वितरणयोग्य मुनाफा २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार २७ वाणिज्य बैंकहरु मध्य ४ वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा १ अर्बभन्दामाथि छ । 

तेस्तै यो अवधीमा सबैभन्दा कम वितरणयोग्य मुनाफा सनराइज बैंकको देखिन्छ । सनराइज बैंकको वितरणयोग्य मुनाफा दोस्रो त्रैमाससम्ममा ३० करोड ११ लाख रुपैयाँमा सीमित देखिन्छ । 

प्रतिसेयर वितरणयोग्य मुनाफा पनि एभरेष्ट बैंक नै अब्बल देखिएको छ । कम्पनीको प्रतिसेयर वितरणयोग्य मुनाफा २५ रुपैयाँ ९९ पैसा देखिन्छ । अहिलसम्मको कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको सुचिकृत सेयर संख्याले भाग गरेर कम्पनी प्रतिसेयर वितरणयोग्य मुनाफा निकालिएको हो । 

बैंकहरुको अहिलेको वितरणयोग्य नाफालाई नै हेरेर यो आर्थिक बर्षको मुनाफाबाट कति लाभांश दिन्छन् भन्ने अनुमान लगाउन नसकेपनि बिहानीले दिनको संकेत गर्छ भनेजस्तै बाँकी दिनहरुमा पनि बैंकले यही बमोजिको पर्फमेन्स गरेमा यीनै बैंकहरुले राम्रो लाभांश वितरण गर्नसक्ने अनुमान गर्न सकिन्छ । कम्पनीले लाभांश वितरण गर्दा वितरणयोग्य मुनाफाबाट मात्र भनई सेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन् । 

हालै नबिल बैंक र नेपाल बंगलादेश बैंकका बिचमा मर्जर र एक्विजिसनको प्रारम्भिक सम्झौता सम्पन्न भइसकेकाले हाल दोस्रो बजारमा नेपाल बंगलादेश बैंकको कारोबार रोक्का छ । दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकहरुको कुल वितरणयोग्य मुनाफा १९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको छ । एभ्रेजमा हेर्दा हालसम्म बैंकहरुको वितरणयोग्य मुनाफा ७३ करोड भन्दा माथि छ । 

बैंकहरुको एभ्रेजलाई हेर्दा १० वटा बैंकहरुको वितरणयाेग्य मुनाफा एभ्रेजलाइन भन्दा माथि छ भने १७ वटा बैंकहरुको वितरणयोग्य मुनाफा एभ्रेजभन्दा कम छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणका आधारमा वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाको अवस्था यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको