Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चाेक दर्शनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १७ : २१ मा प्रकाशित

कालिञ्चाेक दर्शनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

कालिञ्चाेक दर्शन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रसहित सर्वसाधारणहरूका लागि १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँलाई नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कालिञ्चाेक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको