साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको २५ प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको जनाएको छ ।
संस्थाको कार्तिक १३ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट संस्थाका शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर प्रदान गर्ने विशेष प्रस्ताव पारित भए बमोजिम उक्त बोनश शेयर शेयरधनीहरुलाई वितरण/प्रदान गर्ने सन्दर्भमा उक्त पाँचौ वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका वखत अभौतिक रुपमा शेयर धारण गर्नु भएका शेयरधनीहरुलाई बोनश शेयर मिति २०७८ माघ०७ गते देखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरि सकिएको संस्थाले जनाएको छ ।
अन्य थप जानकारीका लागि वित्तीय संस्थाको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार मार्ग, कमलादी, काठमाण्डौमा सम्पर्क राख्न आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस