Like us!
Follow us!
Connect us!
Watch us!

समिट लघुवित्तको नाफामा १०० प्रतिशतको उछाल, १२.८९ रुपैयाँले बढ्यो ईपिएस

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, ०८ : ५० मा प्रकाशित

समिट लघुवित्तको नाफामा १०० प्रतिशतको उछाल, १२.८९ रुपैयाँले बढ्यो ईपिएस

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ५० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १००.२८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड २४ लाख ८१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ८१.५९ प्रतिशतले बढेर १७ करोड ९५ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ८८ लाख ५० हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १०२.३० प्रतिशतले बढेर १३ करोड ५० लाख ५० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड ६७ लाख ५६ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ३० लाख २५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ४४ पैसा रहेको छ संस्थाको ईपिएस गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १२.८९ रुपैयाँले बृद्धि भएको हो । संस्थाको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको