Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको बिद्युत बिक्रि आम्दानी ३२ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १० : १६ मा प्रकाशित

अरुण भ्यालीको बिद्युत बिक्रि आम्दानी ३२ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.१० प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ८० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४ करोड २ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३ करोड ४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिका कम्पनीको बिद्युत बिक्रि आम्दानी ३२.३१ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर १० करोड १ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ८ करोड ७९ लाख रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ५२ लाख २६ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०७ रुपैयाँ ८२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५७.८२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको