Like us!
Follow us!
Connect us!
Watch us!

अरूण भ्यालीले अरूण काबेलीको २२ लाख कित्ता बढी सेयर बेच्ने

अर्थ संसार

आइतबार, २३ माघ २०७८, ०७ : ०९ मा प्रकाशित

अरूण भ्यालीले अरूण काबेलीको २२ लाख कित्ता बढी सेयर बेच्ने

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अरूण काबेली पावर कम्पनी लिमिटेडको सेयर बेच्ने भएको छ ।

कम्पनीले कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराएको छ । 

कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको जानकारी दिएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61ff246f5e513.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको