Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री देउवाप्रति किन आक्रोशित भयो पौडल समूह

बुधबार, २१ असार २०७४, १८ : १९ मा प्रकाशित

प्रधानमन्त्री देउवाप्रति किन आक्रोशित भयो पौडल समूह

अर्थ संसार, काठमाडौँ–नेपाली काँग्रेसभित्रको विवाद नयाँ अवतारमा अगाडि आएको छ । सरकार गठन भएको एक महिना पुग्न लागेपनि प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले न त सरकारलाई गति दिन सकेका छन् न त पार्टी सञ्चालनमा नै अब्बल देखिएका छन् ।

पार्टी र सरकार दुवैमा असफल भएको भन्दै काँग्रेस भित्रैको अर्को पक्ष रामचन्द्र पौडेल समूहले कडा प्रतिवाद गर्ने तयारी गरेका छन् ।

काँग्रेस महामन्त्री लामो समय अमेरिका बसेर फर्किउपछि आज उनकै निवासमा बसेको काँग्रेसको पौडेल समूहको बैठकले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

पौडेल समूहका एक नेताकाअनुसार स्थानीय तहको हालै सम्पन्न दुई चरणको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको  प्रधानमन्त्रीको सचिवालय समेत बनाउन नसकेको तथा सरकार सञ्चालनमा समेत कुनै सकारात्मक प्रभाव पार्न नसकेकोमा पौडेल समूह आक्रोशित भएको छ ।

महामन्त्री कोइरालाको निवासमा आज बसेको बैठकमा समेत समग्र पक्षको मूल्यांकन भउको ती नेताले बताए । उनकाअनुसार सरकारमा आनो पक्षलाई प्रमुख मन्त्रालय दिनुपर्ने, पचास प्रतिशत हिस्सा चाहिने भन्दै दबाव दिने निर्णय भएको छ ।

समाचार स्रोतहरुकाअनुसार एकाध दिनमा प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पनि एक साता बितिसकेको छ । तर सरकार विस्तार गनेृ भनिएपनि कुनै तयारी हुन सकेको छैन । प्रधानमनत्रीले दैनिक के काम गर्छन् भन्नेमा समेत काँग्रेस पदाधिकारी समेत जानकार छैनन् ।

प्रधानमन्त्री पछिल्ला दिनमा तीन वटा जस्तो विावह पार्टिमा सहभागी हुने गरेका छन् । प्रधानमन्त्री कार्यालयले बुधबार पठाउको कार्यक्रम तालिका मात्रै हेर्ने हो भने तीन वटा विवाहमा सहभागी भएको देखिन्छ ।

राष्ट्रिय समस्या समाधानमा प्रभावकारी रुपले लाग्नुपर्ने प्रधानमन्त्री सामान्य निम्ता मान्न जानु र लामो समय बिताउनुले पनि उनी राष्ट्रिय समस्या समाधानका लागि जिममेवार छैनन् भन्ने देखिएको पौडेल समूहका एक नेताले बताए ।

स्थानीय तहको निर्वाचनमा अपेक्षित नजिता निकाल्न नसक्नु, प्रधानमन्त्री विवाहको कार्यक्रम जस्ता सामान्य कार्यक्रममा दिनको आधा भन्दा बढी समय बिताउनु, संघारमा रहेको प्रदेशको निर्वाचन अगाडि बढाउन कुनै पनि प्रक्रिया सुरु नगर्नु, संविधान कार्यान्वयनको लागि ध्यान नदिनु तथा मधेशको समस्या समाधान गर्ने तर्फ कुनै पनि पहल नगरेको भन्दै पौडेल समूहले आपत्ति जनाउको छ ।

महामन्त्री समेत रहेका कोइरालाले मुलुकको समग्र पक्षको बारेमा बैठकमा छलफल भएको बताए । उनले सरकार सञ्चालन, सरकारमा सहभागिता एवम् स्थानीय तहको निर्वाचनको समिक्षा समेत आफूहरुको समूहको बैठकमा भएको बताए । तर अन्य विषयमा भने उनले कुने जानकारी नदिएको बताइन्छ ।

त्यासे त पौडेल समूहमा पनि मन्त्री को बन्ने भन्नेमा ठूलो विवाद रहेको छ । डा रामशरण महतलाई मन्त्री नबनी भएको छैन । उनलाई कुन मन्त्रालय दिने भन्नेमा प्रधानमन्त्री समेत स्पष्ट छैनन् । यस्तै महेश आचार्यलाई पनि मन्त्री बन्नु नै छ ।

कमला पन्तलगायत अन्य नेताहरुलाई समेत यस पटक मनत्री बन्नु परेको छ । उता बलबहादुर केसीलाई पर्यटन मन्त्री भनेर उनकै सोलुका कार्यकर्तालाई फेसबुकमा लेखाएका छन् । तर प्रधानमन्त्री देउवा केसीलाई मनत्री बनाउने पक्षमा छैनन् ।केसीको सट्टा अर्कै व्यक्तिलाई ल्याउन प्रधानमन्त्रीले भनेको स्वयमु काँग्रेसी नेता बताउँछन् ।

उता काँग्रेस भित्रको अर्को समूह कृष्ण सिटौलाले यसपटक भीमसेनदास प्रधानलाई मन्त्री बनाउने बताउको छ । राम्रो मन्त्रालय पाए वा पोर्टफोलियो मिलेको खण्डमा सिटौला आफै भएपनि मन्त्री बन्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छन् । तर समग्र पक्षको आधारमा काँग्रेस भित्र देखिएको विवाद कसरी हल हुन्छ भन्ने बारेमा भने नेताहरुले हालसम्म सार्वजनिक रुपमा केही पनि बताएका छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको