Like us!
Follow us!
Connect us!
Watch us!

साथीमार्टको ९१औँ शाखा कपनमा सुरु हुँदै

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, ११ : १४ मा प्रकाशित

साथीमार्टको ९१औँ शाखा कपनमा सुरु हुँदै

कपनको पैयाटारमा साथीमार्टको ९१ औं शाखा खुल्ने भएको छ । सामान्य मार्ट सञ्चालन गर्दै आएका कर्ण सुनुवारले मार्टको फ्रेन्चाइज लिएर मार्ट सुरु गर्न लागेको बताइएको छ । 

नयाँमार्टको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले माघ २५ गते बिहान ९:३० बजे उद्घाटन गर्ने बताइएको छ ।

साथीमार्टको प्रवर्द्धक शेयर समेत लिएका सुनुवारले फ्रान्चाइजको महत्त्व बुझेर साथीमार्टको टिमवर्कमा विश्वास गर्दै मार्ट सुरु गरेको सुनुवारले बताए । आजको प्रतिस्पर्धात्मक बजारमा साथीमार्टको फ्रान्चाइजीका अवसरहरूसँग आकर्षित भएको सुनुवारको भनाइ छ ।

करिब सात सय पचास बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेभसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै वर्ष ठुला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको