Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरको इमाडोलमा आइतबारदेखि साथीमार्टको आउटलेट सञ्चालनमा आउने

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, १२ : ४२ मा प्रकाशित

ललितपुरको इमाडोलमा आइतबारदेखि साथीमार्टको आउटलेट सञ्चालनमा आउने

नेपालकै ठूलो चेन साथीमार्टको आउटलेट ललितपुरको इमाडोलमा आइतबारदेखि सञ्चालनमा आउने भएको छ । इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याउन लागेका हुन् ।

आउटलेट आइतबार बिहान ११ बजे महालक्ष्मी नगरपालिका-१ का वडाध्यक्ष छिरिङ लामाले उद्घाटन गर्नेछन् । आउटलेटले उद्घाटनको दिन २५ प्रतिसम्म छुट दिने घोषणा समेत गरेको छ ।

आउटलेट सात सय स्क्वायर फिटमा फैलिएको यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध हुनेछन् । करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यो आउटलेट कम्पनीको १ सय १९ औं आउटलेट हुनेछ । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट www.saathimart.com  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको