Like us!
Follow us!
Connect us!
Watch us!

जोरपाटीमा साथीमार्टको ११५ औँ आउटलेट सञ्चालनमा

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, १२ : ०२ मा प्रकाशित

जोरपाटीमा साथीमार्टको ११५ औँ आउटलेट सञ्चालनमा

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११५ औँ आउटलेट जोरपाटीको आरुबारी चोकमा  सञ्चालनमा आएको छ । रुपेश थिङले सञ्चालनमा ल्याएको उक्त आउटलेट ७ सय ५० स्वायरफिट क्षेत्रफलमा फैलिएको छ ।

आउटलेट खोल्नुको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने रहेको रुपेश बताउँछन् । ‘राष्ट्रिय स्तरको रिटेल चेनसँग जोडिएर लोकल लेभलमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नै यो आउटलेट सञ्चालनमा ल्याएका हौँ,’ उनी भन्छन् ‘रिटेल चेनको क्षेत्रमा साथीमार्टसँग हातेमालो गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित र विकास गर्ने योजना छ ।’

यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको