Like us!
Follow us!
Connect us!
Watch us!

साथीमार्टमा युवाहरूको बढ्दो आकर्षण : शनिबार १६ औँ आउटलेट खुल्दै

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १३ : २६ मा प्रकाशित

साथीमार्टमा युवाहरूको बढ्दो आकर्षण : शनिबार १६ औँ आउटलेट खुल्दै

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११६ औँ आउटलेट कागेश्वरी मनोहरामा सञ्चालनमा आउने भएको छ ।

२५/२६ वर्षकै उमेरमा रिटेल व्यवसायमा इच्छा भएर मधुकुमारी महतो र आरती महतोले सञ्चालनमा ल्याउन लागेको उक्त आउटलेटको औपचारिक उद्घाटन कार्तिक ५ गते शनिबार हुनेछ ।

एक हजार स्क्वायर फिटमा फैलिएको यो आउटलेट मधुकुमारी महतो र आरती महतोले परिवारसँग मिलेर  सञ्चालनमा ल्याउन लागेका हुन् ।

नेपालको प्रख्यात रिटेल चेन साथीमार्ट सँग हातेमालो गरि अगाडि बढन चाहेको मधु र आरतीले बताए । पढाई सक्याएर नेपालमै स्वरोजगार हुने चाहना र साथीमार्टको नयाँ व्यवसायिक पहल देखेर प्रभावित भएकाले साथीमार्टसँग जोडिएको उनीहरुको भनाई छ । यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको