Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, १३ : ४५ मा प्रकाशित

सिटिजन्स बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । 

बैंकले ५ वर्षसम्म पनि सिटिजन्स बैंकको शेयरधनीले बुझी नलिएको आर्थिक वर्ष २०७२/०७३ को नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नपर्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (१०) तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ को दफा ५ को उपदफा (३) तथा दफा ७ को उपदफा (२) समेतको प्रयोजनका लागि सूचना प्रकाशन गरेकाे हाे ।

सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सि.बि.आई.एल.क्यापिटल लि.,बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6208bae16dd1e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको