Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ लगानीकर्ताहरूको कमजोरी 'बजार घट्दा एकदमै तनाव लिने र बजार बढ्दा ओभर कन्फिडेन्ट हुने'

लगानीकर्ताको आवाज

विहीबार, ०५ फागुन २०७८, १६ : ३९ मा प्रकाशित

अहिले बजारलाई अत्यन्तै आवश्यक रहेको कुरा भने तरलता रहेको लगानीकर्ता कमल पन्थीले बताएका छन् ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले बजारमा पर्याप्त तरलता भएपछि मार्केटले पनि राम्रो मुभमेन्ट लिने बताए । ३२ सय पुगेको बजार फेरि २२ सयमा झरेर अहिले २७ सयको लाइनमा रहेको भन्दै उनले यो बीचमा नियामक निकायहरूको दबाब एवमं सर्कुलर र लकडाउन सकिएपछि लगानीका अन्य क्षेत्रहरू खुल्दा बजार केही प्रभावित भएको बताए । अहिले बजार घट्नुको अर्को मुख्य कारण ब्याजदर रहेको उनको तर्क छ । बैंकहरूले ब्याजदर बढाउँदा बजार पनि प्रभावित भएको उनी बताउँछन् । 

लगानीकर्ताहरूको मनोविज्ञानले पनि बजारलाई प्रभाव पार्ने उनले बताए । अहिलेको अवस्थामा लगानीकर्ताहरू म्यासिभ रूपमा ट्रेडर बनिरहेका उनी बताउँछन् । अहिले लगानीकर्ताहरूसँग होल्डिङ क्षमता नभएको उनको तर्क छ । उनका अनुसार खातामा सेयर आउने बित्तीकै लगानीकर्ताहरूले सेयर बेच्ने तथा इन्ट्रा डे हान्ने चल्ती बढेको छ ।

विभिन्न कारणले बजार प्रभावित भएपनि अन्तत बजार माथि तिरै जाने भन्दै उनले अहिलेको अवस्थामा लगानीकर्ताहरूले संयमित भएर लगानी गर्ने बेला आएको बताएका छन् । लगानीकर्ताहरूले कम्पनीको वित्तीय विवरणहरू राम्ररी अध्ययन गरी आफूले एउटा रणनीति बनाएर लगानी गर्नुपर्ने उनको सुझाव छ । पहिलाको जस्तो सबै स्टकबाट त्यसरी कमाउन नसकिने हुनाले रणनीति बनाएर ध्यानपूर्वक लगानी गर्नुपर्ने उनले बताए ।

बजार बढ्दा सजिलै सकारात्मक सर्किट लाग्ने कम्पनीहरूको मूल्य बजार घट्दा पनि छिट्टै घट्ने हुँदा यस्ता कम्पनीका लगानीकर्ताहरूलाई कमाउने अवसरका साथसाथै गुमाउने जोखिम पनि उत्तीकै हुने उनी बताउँछन् । फण्डामेन्टल रूपमा कम्पनीहरूको वित्तीय विवरण राम्ररी अध्ययन गरेर लगानी गर्ने लगानीकर्ताहरूलाई जोखिम कम हुने उनले बताए । दिर्घकालिन रूपमा हेर्दा फण्डामेन्टल हेर्नेहरूले नै जित्ने उनी बताउँछन् ।

पहिला ब्लुचिप भनिएका कम्पनीहरू अहिले आलु चिप बनेर आएका उनको तर्क छ । फण्डामेन्टल नै हेर्दा पनि नेपाल राष्ट्र बैंकले लाइसेन्स नै खारेज गर्नुपर्ने अवस्थामा आएका कम्पनीदेखि म्यासिभ ग्रोथ गरेर आकर्षक लाभांश वितरण गर्नेसम्म पुगेका भन्दै उनले यो सबै कुरा बजारको परिस्थितिले निर्धारण गर्ने बताए । बजारको परिस्थिति अनुसार लगानीकर्ताहरू पनि परिवर्तन हुन जान्नुपर्ने उनी बताउँछन् ।

अर्थतन्त्रमा समस्या आउनुको मुख्य गल्ती सरकारको देख्दछन् उनी । सरकारले नीतिगत रूपमा काम गर्न नसक्दा अर्थतन्त्र बिग्रीएको उनको तर्क छ । फागुन महिनासम्म आइपुग्दा न्युनतम बजेट पनि खर्च गर्न नसक्नु सरकारको दोष रहेको उनले बताए । सरकारले खर्चै नगरेपछि बजारमा तरलताको अभाव देखिएको उनले बताए । कोरोनाले गर्दा रेमिट्यान्स घट्दा पनि अर्थतन्त्र प्रभावित भएको उनले बताएका छन् । अर्थमन्त्री र गभर्नरकाे तालमेल नमिलेकाे जस्ताे देखिएकाे उनकाे तर्क छ । 

मार्केट एकदमै बुलिसमा गइरहेको अवस्थामा कित्ता जोगाउनुपर्ने, बुल मार्केटमा होल्ड गर्ने आंशिक रूपमा केही बिक्री पनि गर्दै जाने र स्टप लस गर्नका लागि भने आफ्नो उच्च मूल्यदेखि २० प्रतिशत जति कम हुँदा एभ्रजिङ गर्ने सुझाव उनले लगानीकर्ताहरूलाई दिएका छन् ।  हाेल्ड गर्ने की साेल्ड गर्ने की एभ्रेजिङ गर्ने भन्ने कुरा बजारकाे परिस्थितीले निर्धारण गर्ने उनले बताए ।

अहिले बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरूमा धैर्यता नदेखिएको उनी बताउँछन् । नयाँ लगानीकर्ताहरू बजार घटेपछि एकदमै तनाव लिने र बजार बढ्दा ओभर कन्फिडेन्ट हुने गरेका उनको बुझाइ छ । लगानीकर्ताले यस्ता कुरालाई नियन्त्रण गर्नुपर्ने उनले बताए । लगानीकर्ताले बजारमा हुने हल्लाहरूलाई फिल्टर गर्दै आफूले सिक्ने प्रयास गर्नुपर्ने उनको सुझाव छ ।

उनै पन्थीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको