Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो सार्दीखोला जलविद्युत अघि बढाउँदै मन्दाकिनी हाइड्रोपावर

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १९ : ३५ मा प्रकाशित

माथिल्लो सार्दीखोला जलविद्युत अघि बढाउँदै मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले माथिल्लो सार्दीखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माणका लागि एनएमबि बैंक लिमिटेडसँग फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ। कम्पनीले निर्माण कार्य अघि बढाइरहेको उक्त आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ स्थित सार्दीखोला क्षेत्रमा रहेको हो ।

यसअघि कम्पनीले ४ मेगावाट क्षमताको सार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ साल मंसिरदेखि वाणिज्यिक उत्पादन सञ्चालनमा ल्याइसकेको थियो। सो आयोजना सञ्चालनमा आएपछि कम्पनीले पछिल्ला तीन वर्षदेखि शेयरधनीहरूलाई नियमित रूपमा नगद लाभांश तथा बोनस शेयर वितरण गर्दै आएको छ।

माथिल्लो सार्दीखोला परियोजनाको निर्माणका लागि आवश्यक स्वपूँजी जुटाउन मन्दाकिनी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। यसका लागि विद्युत नियमन आयोगबाट १ः०.६६४ को अनुपातमा हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ।

हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग द्विपक्षीय सम्झौता गरेको छ। हकप्रद निर्गमन प्रक्रियालाई अघि बढाउँदै मन्दाकिनी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वीकृतिका लागि औपचारिक आवेदन समेत दर्ता गराइसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको