नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । सुरुका तीन खेलमा लगातार जित निकालेको विराटनगर आज भएको खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य सहिज जबाफि ब्याटिङ गरेको विराटनगर १६.५ ओभरमा १२६ रनमा अलआउट भयो । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गेले सर्वाधिक ३९ रनको पारी खेले । त्यस्तै प्रतिश जिसीले ३० रन बनाए भने साम हिजलेट २२ रनको योगदान दिए । अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । चितवनका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए । त्यस्तै कमलसिंह ऐरिले २ विकेट लिए भने सोहेल तनबीर, कुशल मल्ल र सैफ अली जैबले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनायो । चितवनका लागि रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाए । बोपाराले सर्वाधिक ६५ रन बनाए । त्यस्तै सैफ अली जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले २० रनमा अविजित रहे ।
बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा शुभम रन्जानले एक विकेट लिए । सुरुवाती १० ओभरमा ७५–३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस