Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव खर्चकै लागि भए पनि एनटीसीले १०० प्रतिशत लाभांश दिनसक्छ : ज्योति दाहाल

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १३ : ०१ मा प्रकाशित

चुनाव खर्चकै लागि भए पनि एनटीसीले १०० प्रतिशत लाभांश दिनसक्छ : ज्योति दाहाल

सेयर विश्लेषक ज्योति दाहालले सेयर बजार स्विङ जस्तै रहेको र बजार घट्ने र बढ्ने कुरा सामान्य रहेको बताएका छन् । नेपाली लगानीकर्ताहरु बजार हिजो घट्यो, आज बढ्यो जस्ता कुराहरुमा मात्र अल्झिने गरेको बताउँदै उनले बजार किन बढ्छ र किन घट्छ भन्ने कारणहरु खोतल्ने तर्फ लगानीकर्ताहरुलाई खासै चासो नरहेको बताए।

नेप्से बढेको भन्ने कुरालाई आफूले स्वीकार्न नसक्ने बताउँदै उनले २०७२ साल पछि नेप्सेमा लिस्टेड भएका NRIC, NIFRA, SHIVM जस्ता ठूलो पुँजीकरण भएका कम्पनीहरु तथा अन्य थुप्रै कम्पनीहरुका कारण नेप्से परिसूचकमा वृद्धि देखिए तापनि वास्तवमा नेप्से नबढेको बताउँदै उनले उदाहरण स्वरुप बैंकहरुको सेयर मूल्यलाई लिन सकिने बताए।  नेपाल  बंगलादेश बैंकको उदाहरण दिँदै २०७२ मा १२०० भन्दा माथि रहेको बंगलादेश बैंकको सेयर मूल्य नबिल जस्तो बलियो र नम्बर १ कम्पनीसँग मर्जमा जाने भन्ने समाचार आउंदै गर्दा पनि ४०० को लेभलमा हुनुले सेयर बजार कति चाहिँ बढेछ भन्ने कुरालाई राम्ररी देखाउने पनि उनले बताएका छन्। 'हाम्रा नियामक निकायहरुलाई यस्ता कुराहरुमा खासै चासो छैन, उनीहरुलाई त ११०० मा आएको नेप्से बढेर ३२०० पुग्यो भन्ने मात्रै थाहा छ। सेयरबाट अचम्मै कमाए भन्ने छ उनीहरुलाई ! खासमा बजार कहाँ बढेको छ र ?' दाहालले प्रश्न गरेका छन्। 

नडुबिकन सेयर बजारबाट कमाइँदैन

सेयर बजारमा परिस्थिती अनुसार सप्रेका कम्पनीहरू बिग्रीन पनि सक्ने र बिग्रीएका कम्पनीहरू सप्रीन पनि सक्ने उनी बताउँछन् । लगानीकर्ताहरूले यो किन त्यो किन भन्नेहरूको कुरा सुन्नु भन्दा पनि आफूले स्वतन्त्र ढङ्गले लगानी गर्नुपर्ने उनको तर्क छ । नेपाली लगानीकर्ताहरु इन्ट्रा डे तथा शर्ट सेलिङ्गको लागि तयार नभैसकेका र इन्ट्रा डे कारोबार र शर्ट सेलिङ्गले बजारमा जोखिम बढाउने; नयाँ लगानीकर्ताहरु डुब्न सक्ने जस्ता अभिव्यक्तिहरु कतिपय बजार जानकारहरुबाटै आउंदै गर्दा यस विषयमा बोल्दै उनले भने, "अन्तराष्ट्रिय स्तरमा लामो समय देखि प्र्याक्टिसमा रहेको कुरालाई हाम्रो बजारमा ल्याउन ढिला गर्नु हुँदैन। अहिले इन्ट्रा डे र शर्ट सेलिङ्ग नहुँदा चाहिँ बजारमा जोखिम नै नरहेको हो र ? बजारमा उतार चढाव त अहिले पनि आइरहेको छ। फेरी अर्को कुरा यदि  कोही आएर फस्छु भन्यो भने फस्न दिने हो नि, फसेपछि त बल्ल सिकिन्छ ।" फस्ने नफस्ने बुझेर  आउने नबुझी आउने यो सबै लगानीकर्ताकै जिम्मा हुने उनले बताए । 

अर्को एक फरक प्रसङ्गमा नेपाल टेलिकमले १०० प्रतिशत लाभांश दिनसक्छ भन्दा कतिपय मान्छेहरू आफूमाथि आई लागेका सम्झँदै उनले भने , "८० अर्ब रिजर्भमा रहेको कम्पनीले  १५ अर्ब झिकेर दिँदा कम्पनीको के जान्छ र ! त्यसैले सम्भावना देखेको छु मैले । पोहोर पनि एनटीसीले ढिला लाभांश घोषणा गर्यो किनभने पोहोर पनि चुनाव घोषणा भएको थियो हुन्छ हुन्न थाहा थिएन, त्यो बेलामा पनि नेपाल टेलिकमले सरकारलाई पैसा दिने गरी लाभांश घोषणा गर्छ भन्ने मेरो अनुमान थियो । तर चुनाव नहुने भएपछि ४० प्रतिशतमा झार्यो । अहिले पनि चुनाव हुने भो भने सरकारले कम्तिमा १० अर्ब लाने गरी लाभांश घोषणा हुनसक्छ ।" सरकारलाई पैसा चाहिएको बेलामा पैसा निकाल्ने यो एउटा राम्रो श्रोत बन्न सक्ने उनको धारणा छ । 

रिडी र रैराङको मर्जर प्रक्रियामा किन ढिलाई ? यसो भन्छन् अध्यक्ष गुरु न्यौपाने

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको