Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङको मर्जर प्रक्रिया नटुङ्गिँदा लगानीकर्ता मारमा, कहिले खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, १० : २५ मा प्रकाशित

रिडी र रैराङको मर्जर प्रक्रिया नटुङ्गिँदा लगानीकर्ता मारमा, कहिले खुल्छ कारोबार ?

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि कार्तिक १८ गते बिहिबारदेखि दोस्रो बजारमा यी दुई कम्पनीको कारोबार रोक्का छ ।

करिब ४ महिनादेखि दुई कम्पनीको कारोबार रोक्का हुँदा लाखौँ लगानीकर्ताहरुको पूँजी बन्धक बनेको छ । मर्जर प्रक्रिया सुरु हुँदै दुवै कम्पनीले यथासक्य छिटो कम्पनीको मर्जर प्रक्रियालाई टुङ्ग्याउने जनाएका थिए तर मर्जर प्रक्रियाको ४ महिना बितिसक्दा पनि यी दुई कम्पनीको मर्जर प्रक्रिया नसकिए पछि अहिले लगानीकर्ताहरु अन्यौलमा परेका छन् । 

दुई कम्पनीकाबीचमा सूरु भएको मर्जर प्रक्रियामा किन ढिलाई भयो भन्ने हाम्रो प्रश्नमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले भने 'बैंक तथा वित्तिय कम्पनीहरुमा जस्तै हाइड्रोपावर सेक्टरमा पनि कम्पनीहरुलाई मर्जर गरी एउटा ठुलो कम्पनी बनाउने अवधारण अनुरुप हामीले यी दुई कम्पनीको मर्जर प्रक्रिया सुरु गरेका हौँ । साधारण सभाबाट मर्जरको प्रस्ताव पारित भएपछि कन्सल्टेन्टहरु मार्फत दुईवटै कम्पनीहरुको वित्तिय विवरणहरु विश्लेषण गरेर स्वाप रेसियो समेत फाइनल भइसकेको छ । कम्पनी रजिष्टारको कार्यलय र कर कार्यालयबाट समेत मर्जरको स्विकृति प्राप्त गरिसकेका छौँ र मर्जरको अन्तिम स्विकृतीका लागि हामीले नियामक निकाय विद्युत नियमन आयोगमा निवेदन पनि दिइसकेको अवस्था हो ।' 

'अहिले हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय नेतृत्व बिहिन हुँदा हाम्रो फाइल पनि बिद्युत नियमन आयोगमा नै रोकिएको छ' उनले भने 'आयोगबाट स्विकृति प्राप्त नगरेसम्म हामिले प्रक्रिया अगाडी बढाउन मिल्दैन नियमन आयोग नेतृत्व बिहिन हुनु नै मर्जर प्रक्रिया रोकिनुको कारण हो यदि आयोगले हामिलाई स्किृति दियो भने त हामिले तुरुन्तै बिषेश साधारण सभा आह्वान गरेर मर्जरलाई पास गर्ने तयारीमा र्नै छौ ।' 

'विद्युत नियमन आयोगमा नेतृत्व नहुँदा हाम्रो प्रक्रिया नै अलपत्र परेको छ हाम्रो अपेक्षा छिट्टै आयोगले नेतृत्व पावस र हाम्रो प्रक्रिया अगाडी बढोस् भन्ने हो यो प्रक्रिया लम्बिँदा लाखौँ लगानीकर्ताहरुको सम्पती बन्धक बनेको छ यो कुरालाई मनन गरेर सरकाले पनि छिटो भन्दा छिटो यो निकायमा नेतृत्व नियुक्त गरोस् हैन भने धितोपत्र बोर्डलाई नै अहिलेका लागि त्यो अधिकार प्रत्योजन गरेर भएपनि यो समस्याको समाधान होस्' उनले भने ।  

रिडी हाइड्रोपावरको कार्तिक १२ गते सम्पन्न बीसौँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

यो पनि हेर्नुहोस्ः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको