Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १० : ५८ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।

क्यापिटलका अनुसार हाल उक्त आईपीओकाे डाटा भेरिफिकेसनकाे काम चलिरहेकाे छ । प्राविधिक समस्याका कारण डाटा भेरिफिकेसनकाे कार्य सम्पन्न गर्न समय लागिरहेकाे हुनाले आईपीओ बाँडफाँड गर्न अझै केही दिन लाग्ने क्यापिटलले जनाएकाे छ । डाटा भेरिफिकेसनकाे काम जतिसक्दाे चाँडै गरी यही साताकाे अन्तिममा बाँडफाँड गर्ने क्यापिटलकाे तयारी छ । डाटा भेरिफिकेसनकाे काम सकिएपछि प्री-अलाेटमेन्ट सम्पन्न गरी बाँडफाँडकाे मिति ताेकिने प्रावधान रहेकाे छ ।

'सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा पैसा क्रिप्टोतिर गएको कुरामा केही सत्यता छ'

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ५० लाख नजिक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको