Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्सकाे आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

सोमबार, १६ फागुन २०७८, १० : ३३ मा प्रकाशित

ग्रीन भेन्चर्सकाे आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

ग्रीन भेन्चर्सकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज फागुन २० गते अन्तिम दिन रहेकाे छ ।

कम्पनीले पहिलाे चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।  कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । 

कम्पनीकाे आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडाैँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडाैँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धाेबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछाप र आयाेजना स्थल तथा नेपाल धिताेपत्र बाेर्डबाट अनुमति लिई सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

621c55128e9ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको