Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारबाट फर्किएर नखिपोटमा साथीमार्टको नयाँ फ्रेन्चाइज शाखा

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, ११ : ५१ मा प्रकाशित

वैदेशिक रोजगारबाट फर्किएर नखिपोटमा साथीमार्टको नयाँ फ्रेन्चाइज शाखा

शिव चोक, नखीपोट हाइटमा साथीमार्टको नयाँ शाखा सुरु भएको छ । वैदेशिक रोजगारबाट फर्किएकी जीवन कला राईले मार्टको फ्रेन्चाइज लिएर सुरु गरेको बताइएको छ ।

विदेशबाट फर्किएपछि आफ्नै व्यवसाय सुरु गर्ने उदेश्यले साथीमार्टको फ्रेन्चाइज लिएको राइले बताइन् । पहिले नखीपोट, सिभिल बैंक भवनमा रहेको साथीमार्टको आउटलेट स्थान परिवर्तन गरि शान्ति चोक, नखीपोट उचाइमा मार्ट सुरु भएको साथीमार्ट प्रशासनले जानकारी दिएको छ । 

करिब सात सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ । मार्टको उद्घाटन साथीमार्ट इनकर्पोरेटका संस्थापक सिइओ सागर पोख्रेलले गरेका छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमाआकर्षण बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको