पैसा हिनामिनाको आरोप लागेका वित्तीय प्रौद्योगिक कम्पनी भारत-पे का सहसंस्थापक अशनीर ग्रोभरले राजीनामा दिएका छन् ।
हिजाे बुधबार एक विज्ञप्ति जारी गर्दै भारत-पे ले कम्पनीको बोर्डले गरेको अनुसन्धानमा ग्रोभर र उनको परिवार दोषी ठहरिएको जानकारी दिएकाे थियाे । कम्पनीले विज्ञप्तिमा ग्रोभर परिवारको निन्दनीय आचरणबाट भारत–पे, यसको मिहिनेती कर्मचारी र विश्वस्तरीय प्रौद्योगिक प्रतिष्ठालाई धुमिल हुन नदिने उल्लेख गरेकाे थियाे ।
विवादमा तानिएका ग्रोभरले मंगलबार मध्यरातमा कम्पनीबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले आफू र आफ्नाे प्रतिष्ठालाई हानी मात्र नभई कम्पनीको प्रतिष्ठालाई पनि हानी पुर्याउन तयार रहेका केही व्यक्तिहरूले आफू र आफ्नाे परिवारलाई आधारहीन र लक्षित आक्रमणहरूमा फसाएकाे उल्लेख गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस