Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकका ग्राहकले समितिभेजमा उपचार गर्दा ५ प्रतिशत छुट पाउने

सोमबार, २६ असार २०७४, २१ : ४६ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकले समितिभेजमा उपचार गर्दा ५ प्रतिशत छुट पाउने

अर्थ संसार, काठमाडौं–  एनएमबि बैंकको अन्तर्राष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले अब थाइल्यान्डको बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित अस्पतालको सम्पूर्ण शुल्कमा पाँच प्रतिशतको (५%) छुट पाउने भएका छन् ।

बैंकले समितिभेज अस्पतालका नेपाल स्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. सँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको हो ।

यस सम्झौता बमोजिम एनएमबि बैंकका अन्र्तराष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले स्पिडवे फ्रेईट सर्भिसेज प्रा.लि. बाट अस्पताल, यात्रा तथा बसाई सम्बन्धी जानकारी, डाक्टरसँगको समय मिती मिलाउनको साथै उपचार खर्चमा समेत ५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुलाई लाभान्वीत हुने गरि केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको