उद्यमहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दत गर्ने Docsumo एक डकुमेन्ट एआइ स्टार्टअपले हालैबीच पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ । यो कम्पनी युवा नेपाली ढाटा बैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह स्थापना गरेका थिए ।
स्टार्टअप मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरुद्धारा सञ्चालित छ जसले व्यवसायहरुलाई वित्तीय कागजातहरु स्वाचालित रुपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ । Fifth Wall, Arbor Realty Trust र वर्तमान लगानीकर्ता Better Capital को सहभागितामा Common Ocean द्धारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।
बिक्रम डेटा एन्ट्री क्लर्क हुनुहुन्थ्यो र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए । वास्तवमा, अधिकांश कागजात मिलाउने प्रकृया एशियाली देशहरु जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ गुलो संख्यामा मानिसहरु वित्तीय सेवाहरुको लागि आवेदनहरु प्रक्रिया गर्छन । टिमले मनिसले गर्ने मुख्य पक्ष टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ ।
लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर
बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम
गरिरहेका छन् । हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं । हाम्रो उद्देश्य नेपाललाई
इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’
पछिल्लो १२ महिनामा, Docsumo ले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि
अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका (US), EU र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ ।
Docsumo पहिला सन् २०२० मा Techstars लण्डन एक्सेलेटरको हिस्सा थियो र Barclays,
Sequoia, Jupiter Money & का जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि-सीड
राउन्ड उठाएको थियो।
यस नयाँ लगानीसँगै, Docsumo ले थप प्रयोगका केसहरू - ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणिकरण, वित्तीय
ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा, र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक
कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ । कोभिडले उद्यम स्वचालन र
व्यापारका प्रक्रियाहरूको थप एपीआई-फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो
अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन् । ‘रुषभले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस