Like us!
Follow us!
Connect us!
Watch us!

नोटबन्दी होइन नोट खारेजी गरौँ : केशव कोइराला

बसन्त पाण्डे

मंगलबार, २४ फागुन २०७८, १४ : ०४ मा प्रकाशित

नोटबन्दी होइन नोट खारेजी गरौँ : केशव कोइराला

सेयर बजारमा 'काका' का रुपमा परिचित केशब कोइरालाले नोटबन्दी भन्दा नोट खारेजी उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। नोटबन्दी हुने तयारी हुँदै गरेको भन्ने कुराहरु सामाजिक संजालमा भाइरल हुँदै गर्दा उनको यस्तो धारणा आएको हो।  

कालोधन, भ्रष्टाचार र घुषखोरीको प्रमूख आधार १००० र ५०० का नोटहरू भएको भन्दै  १००० र ५०० का नोटहरू खारेजी गरिएमा आधाभन्दा बढी भ्रष्टाचार र घुसखोरी बन्द हुने धारणा राख्दै कोइरालाले ७५३ वटै स्थानिय तहहरुमा वाणिज्य बैंक पुगिसकेको अवस्थामा २/४ महिनाको समय दिएर ज-जसको बैंक खाता छ उनीहरुको साथमा रहेका ५०० र १००० का नोट बैंकमा डिपोजिट गर्न आह्वान गर्ने र खाता नहुनेहरुलाई बैंकमा खाता खोल्न लगाई उनीहरुसँग मौज्दातमा रहेका १००० र ५०० का नोटहरु बैंकमा डिपोजिट गर्न समय दिने र त्यसपछि सरकारले आधिकारीक रुपमा यो मितिदेखि चाहिँ १००० र ५०० का नोटहरू चल्दैनन् है भनेर घोषणा गर्दा सबैभन्दा उपयुक्त हुने पनि उनले सुझाए।

सहरी क्षेत्रमा अधिकांशले अनलाइन मार्फत भुक्तानी गरिरहेको र दैनिक कामकाजको लागि १०० र १०० भन्दा तलका नोटहरू नै पर्याप्त हुने हुँदा १०००/५०० का नोटहरू खारेजी गरिसकेपछि भारतमा गरेजस्तो २००० को नोट जारी गर्नु चाहिँ नहुने उनको तर्क छ।  त्यसले एक त छपाई खर्च बढ्ने र अर्कोतर्फ जुन उद्धेश्यको लागि नोटबन्दी गरिएको हो त्यो उद्देश्य पुरा नहुने बताउंदै कोइरालाले बरु नयाँ नोट छाप्दा लाग्ने खर्चले अनलाइनमार्फत गरिने भुक्तानीमा लाग्ने शुल्क सरकारले व्यहोरिदिएर अनलाइन भुक्तानीलाई नि:शुल्क बनाइयो भने त्यसले अनलाइन भुक्तानी बढ्ने र नोटको आवश्यकता कम पर्ने धारणा व्यक्त गरे।

राष्ट्र बैंकबाट जारी पैसामध्ये ४०% भन्दा बढी नगद बैंकिंग च्यानलमा नआउँदा यतिबेला तरलता व्यवस्थापन निकै चुनौतिपूर्ण बन्दै गएको छ। नोट खारेजी घोषणा गर्दा त्यसरी सर्वसाधारणले घर घरमा राखेको नगद बैंकिंग च्यानलमा आउँदा बैंक वित्तिय संस्थामा थुप्रै पैसा जम्मा हुन जाँदा त्यसले तरलता व्यवस्थापनमा मद्दत पुग्ने र डिजिटल कारोबार हुँदा कागजी नोट छाप्दा लाग्ने खर्च कम हुने र विशेषत: भ्रष्टाचारजन्य कारोबारहरु १०००/५०० कै नोटको प्रयोगबाट हुने हुँदा यदि १०००/५०० को नोटलाई खारेज गरियो भने त्यसले आर्थिक अनियमिततामा कमी आउने भन्दै यतिबेला सामाजिक सञ्जाल तात्दै गर्दा नोट खारेजीको पक्षमा कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 
  

नेपालमा केहि गर्छु, धेरै गर्न सकिन्छ | Jigyasa Aryal | Young Entrepreneur

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको