Like us!
Follow us!
Connect us!
Watch us!

धरान उपमहानगरपालिकामा एमाले विजयी

मंगलबार, २७ असार २०७४, ०८ : ५२ मा प्रकाशित

धरान उपमहानगरपालिकामा एमाले विजयी

अर्थ संसार, इनरुवा–स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको हो ।

यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी हुनुभएको हो ।

प्रमुखमा निर्वाचित राईले २० हजार ९७५ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तिलक राई १६ हजार २०२ र नेकपा (माओवादी केन्द्र) का अइन्द्रविक्रम मेघाले ११ हजार १८० मत पाउनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाउनुभएको छ ।

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ ।

एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, काँग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ ।

धरानमा मतगणना सकिएसँगै सुनसरीमा सबै स्थानीयतहको मतगणना सकिएको छ । सुनसरी जिल्लामा रहेका सबै १२ वटा स्थानीयतहको मतगणना सकिएको मुख्य निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको