Like us!
Follow us!
Connect us!
Watch us!
असार २९ गते जनता र सिद्दार्थको सम्पूर्ण कार्यालय बन्द

जतना बैंकको नामबाट ३० गतेदेखि एकिकृत कारोबार सुरु हुने

मंगलबार, २७ असार २०७४, ११ : ५८ मा प्रकाशित

जतना बैंकको नामबाट ३० गतेदेखि एकिकृत कारोबार सुरु हुने

अर्थ  संसार, काठमाडौं– सिद्दार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेको जनता बैंक नेपाल लिमिटेडले असार ३० गतेदेखि ‘जनता बैंक नेपाल लिमिटेड’ को नामबाट एकिकृत सुरु गर्ने भएको छ ।  त्यसको लागि यी दुई बैक सम्पूर्ण शाखाहरु असार २९ गते बन्द हुने छ ।

यी दुई बैंकले एक आपसमा गाभिने निर्णय गरे बमोजिम नेपाल राष्ट्र बैंक र रजिष्ट्रारको कार्यालयबाट क्रमश असार २० र २५ गते गाभिने सिद्धार्थ डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व जनता बैंक नेपालले सकार्ने व्यहोर्ने गरी सद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडमा गाभ्न अन्तिम स्वीकृति दिएको थियो ।

जनता बैंकमा सिद्दार्थ डेभलपमेन्ट बैंक १ बराबर १ को स्वाप अनुपातमा गाभिन लागेको हो ।  सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति पश्चात जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९१ करोड पुग्ने छ ।

जनता बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गर्दा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ ।

 

59646e42dd360.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको