अर्थ संसार, काठमाडौँ–नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा उम्मेदवारी दिएका दुई समूहले आ–आफ्नो जित हुने दाबी गरेका छन् ।
आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा संयुक्त व्यावसायिक समूहबाट अध्यक्षका उम्मेदवार रोहन गुरुङले ७५ प्रतिशत मत ल्याई आफू विजयी हुने दावी गर्नुभएको छ ।
उहाँको समूहलाई नेकपा ९एमाले० निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा ९माओवादी केन्द्र० निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज लगायतको समर्थन रहेको जनाएको छ ।
वर्तमान कार्यसमितिमा महासचिव रहनुभएका अध्यक्षका उम्मेदवार गुरुङले व्यवसायीले लिने सेवा शुल्कबाट केही रकम व्यवसायी भलाइ कोषमा जम्मा गरी सो रकमबाट नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, कामदार समस्यामा पर्दा उद्धार गर्ने, सङ्घको आफ्नै भवन निर्माण गर्ने, व्यवसायीको निधन भएमा निजको परिवारलाई रु १५ लाख सहयोग गर्ने लगायतका योजना रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्षका अर्का उम्मेदवार विमल ढकाल समूहका महासचिवका उम्मेदवार सुजित श्रेष्ठले सङ्घका ६८ प्रतिशत सदस्य लोकतान्त्रिक समूहका सदस्य रहेको भन्दै आफूहरुको जित निश्चित रहेको दाबी गर्नुभयो ।
ढकालको समूहलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरम, धौलाश्री समाज लगायतको समर्थन छ ।
महासचिवका उम्मेदवार श्रेष्ठले खाडी राष्ट्रमा निर्भर रहेको नेपालको श्रम गन्तव्यलाई युरोप केन्द्रित गर्ने, सङ्घलाई बलियो बनाउने, श्रम सम्झौता गर्न सरकारलाई दबाब दिनेलगायत आफ्नो कार्यसूची रहेको जानकारी दिनुभयो । सङ्घमा करिब ८५० व्यवसायी सदस्य छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस