Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष ओली र थापाबीच छलफल

मंगलबार, २७ असार २०७४, १९ : ४३ मा प्रकाशित

अध्यक्ष ओली र थापाबीच छलफल

अर्थ संसार,काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान संशोधन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा तथा निर्धारित समयमा प्रदेश र केन्द्रीय निर्वाचन गर्ने विषयमा छलफल भएको जनाएको छ ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष कमल थापासँग आग्रह गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।

राप्रपा अध्यक्ष थापाले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै स्थानीय तहमा एमालेले प्राप्त गरेको जनादेशका आधारमा पनि सरकारले सो पार्टीलाई समझदारीमा लिएर अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेकोे धारणा राख्नुभएको उपनेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।

भेटवार्तामा अध्यक्ष थापाले अहिलेको समस्याबाट मुलुकलाई निकास दिन सबै दलको भावनालाई समेटेर मात्र संंविधान संशोधनको कार्य अगाडि बढाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको एमाले अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको