Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सचेतना कार्मक्रम सम्पन्न

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, ११ : १३ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सचेतना कार्मक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कार्यक्रम रौतहट र दोलखा जिल्लामा सम्पन्न भएको हो । 

फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो । कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्वन्धी प्रशिक्षण दिएका थिए । कम्पनीको गौर कार्यालयका कर्मचारी राजेश कुमार साहले  संचालन गरेको कार्यक्रममा प्रधानाध्पापक यादवले बीमा विषय आम जनताको लागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नु पर्ने सुझाव दिए । 

त्यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । होटल पानारोमा मा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिए । प्रशिक्षण कार्यक्रमको महत्व र आवश्यकता बारेमा प्रमुख अतिथि नापी कार्यालय दोलखाका प्रमुख अशोक कुमार श्रेष्ठ र विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईले प्रकाश पारेका थिए ।

बीमा समीतिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा, रौतहट, गुल्मी र ललितपुर जिल्ला दिए पछि सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो । 
                                            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको