Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १५ : ४७ मा प्रकाशित

गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । 

आज चैत्र २० (आइतबार) गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित उक्त कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिदै युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए । कम्पनीका कर्मचारी राजेन्द्र गाहाले संचालन गरेको कार्यक्रममा कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफलाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जानकारी गराए । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको