Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाखको बिगो दाबी

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, ११ : १८ मा प्रकाशित

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाखको बिगो दाबी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले उनलाई व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यमा संलग्न रही मतियारको भूमिका खेलेको अभियोगमा उक्त मुद्दा दायर गरेको हो।

विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेस गरेको हो। 

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको