Like us!
Follow us!
Connect us!
Watch us!

अब वडाबाटै राष्ट्रिय परिचयपत्र

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०६ : ५९ मा प्रकाशित

अब वडाबाटै राष्ट्रिय परिचयपत्र

बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब  वडा तहबाटै  गर्न लागिएको हो ।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरू हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दश स्थानीय तह रहेका जिल्लाका  चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा-वडामा विवरण संकलनको काम सञ्चालन हुने उनको भनाइ थियो।  

सूचना अधिकारी भारतीले भने,‘एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण संकलन गर्छौं।’

विवरण संकलनका लागि कर्मचारी वडा  कार्यालयमै  खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन्।  

विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ।

पहिलो चरणमा चार स्थानीय तहको विवरण संकलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण संकलनको काम सञ्चालन हुनेछ।  

सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण संकलन हुनेछ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरेका छन्।

वि.स २०७७ असोज पहिलो सातादेखि सुरू गरिएको उक्त विवरण संकलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको