Like us!
Follow us!
Connect us!
Watch us!

पहाडमा भन्दा तराईमा एकदिन ढिला होली मनाउनुको के हो खास कारण ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १२ : १० मा प्रकाशित

पहाडमा भन्दा तराईमा एकदिन ढिला होली मनाउनुको के हो खास कारण ?

झट्ट सुन्दा अनौठो लाग्छ एउटै पर्व दुई दिन मनाइएको देख्दा, तर यो कुनै विभेद हैन, सबैले स्विकारेको परम्परा नै हो र यसैका आधारमा नै सरकारले पनि दुई दिन नै बिदा दिन थालेको हो ।

किन भने मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्छ भने साँझमा होलीका दहन हुन्छ र त्यसैको खुसीयालीमा साँझमा रंग लगाउनु भन्दा पनि फागु पूर्णिमाको भोलिपल्ट मात्र होली मनाउने गरिएको हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेपछि भोलिपल्ट मनाउन थालियो, जसले गर्दा नै तराईमा भोलिपल्ट मनाउने संस्कृति बन्यो।

यद्यपि, हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा नै उल्लेख गरेको कुरा उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन भनेर लेखिएसँगै प्रष्ट हुन्छ ।

(दारी ग्याङ नेपालका एडमिन जगदिश भण्डारीद्वारा लिखित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको