होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक चेक/जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवा/युवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरि तथा ट्राफिक नियम उल्लङ्घन गरि सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।
नियम उल्लङ्घन न गर्ने उदेश्यले काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको जनाइएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती समेत गरिरहेको जनाइएको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस