Like us!
Follow us!
Connect us!
Watch us!

धुलिखेल जिपलाइनमा फागु पूर्णिमाको रमाइलो (फोटोफिचर)

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १२ : २१ मा प्रकाशित

धुलिखेल जिपलाइनमा फागु पूर्णिमाको रमाइलो (फोटोफिचर)

आज फागु पूर्णिमा । धुलिखेल जिपलाइनमा पनि रङहरूको यो पर्वको माहोल बिहानै देखि रहेको छ । होली मनाउने क्रममा धुलिखेल पुगेका युवा युवती रङ खेल्दै जिपलाइनमा रमाएका छन् । फागु पूर्णिमाको अवसरमा कुनैपनी जिपलाइन खेल्दा २० प्रतिसत छुट समेत रहेको छ ।

शरीरमा हार्नेस बाँधेर क्याराभिनाको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुण्डिदै एक ठाउँबाट हावामा कावा खाँदै अर्को ठाउँसम्म  पुग्ने शाहसिक र रोमान्चक खेल हो जिपलाइन ।

क्लासिक जिपलाइन, उडेझैँ खेल्न मिल्ने  सुपरम्यान जिपलाइन र टेण्डम (दुई जना सँगै खेल्न मिल्ने) जिपलाइन वल्र्ड वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सन्चलनमा ल्याएको ४ वर्ष पूरा भएको छ ।  सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो ।

धुलिखेल नगरपालिकाको थाक्ले देखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन असौसत ७५ किमि प्रतिघन्टाको गतिमा हुत्तिन्छ । 

करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी   तथा जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले करिब ७ करोडको लगानीमा जिपलाइनसँगै रेस्टुरेन्ट, रिसोर्ट र चिल्ड्रेन एड्भेन्चर पार्क निर्माण गरेका छ्न । 

जिपलाइनको खेल्न कति लाग्छ शुल्क?

क्लासिक (साधारण) जिपलाइन: २५ सय रुपैयाँ
सुपरम्यान जिपलाइन: पैंतीस सय रुपैयाँ
टेन्डम (जोडी) जिपलाइन: ४५ सय रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको