Like us!
Follow us!
Connect us!
Watch us!

बिमल कुमार तिवारीलाई मौद्रिक नीतिमा विद्यावारिधि

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १३ : ४५ मा प्रकाशित

बिमल कुमार तिवारीलाई मौद्रिक नीतिमा विद्यावारिधि

सेयर विश्लेषक बिमल कुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्यावारिधि गरेका छन् । उनले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिए ।

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्षसमेत रहेका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका छन् । उनले यसअघि लगानीको क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुमा १८ बर्षको अनुभव हासिल गरेका छन् । उनी अर्थ संसारको भिडियो कार्यक्रम सेयर टेक फण्डाका स्तम्भकार पनि हुन् ।

तिवारीले नेपालको अर्थतन्त्रको दीगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्यावारिधिको सोधपत्र तयार गरेका हुन् । उनको सोध निर्देशकमा चर्चित प्राध्यापक एम. देवराज थिए ।

बढ्दो महंगाइ, ब्याजदरको अनियमित घटबढ, बैंक तथा वित्तीय संस्थाको तीव्र वृद्धि र नेपाल राष्ट्र बैंकले सन् २००१ देखि मौद्रिक ल्याउन सुरु गरेको परिप्रेक्षमा यस विषयमा खासै अध्ययन नभएकाले आफूले विद्यावारिधिका लागि उक्त विषय छनौट गरेको तिवारीले बताए ।

तिवारीको सोधमा मौद्रिक नीति आएपछिका डेढ दशक (सन् २०११ देखि २०१६सम्म) मा बैंक तथा वित्तीय संस्थाको विकासमा धेरै परिवर्तनहरु भएको उल्लेख छ । त्यसको परिणाम मुलुकको आर्थिक गतिविधिअन्तरगत घरेलु बचत र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ । लगानी नीतिमा निर्माणमा मौद्रिक नीति प्रभावकारी देखिएको छ । र, यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वाणिज्य बैंकहरुको तरलता जहिले पनि बचतभन्दा बढी भएको देखिन्छ । त्यसैले अनिवार्य नगद मौज्दातको सामान्य घटवढले ऋण प्रवाहको वृद्धिमा असर नपार्ने सोधबाट देखिएको छ ।

यसैगरी कृषि उत्पादत्वको मूल्य वृद्धि अनुपात भने घटाउन सघाएको देखिन्छ । तर मौद्रिक नीतिले मुद्रा स्फिर्ति अस्वाभाविक रुपमा उच्च दरले बढेको, ब्याजदर उतार चढावपूर्ण, तरलताको समस्या, सेयर बजार अस्थिर रहेको, बढ्दो बेरोजगारी, बढ्दो घाटाले दीगो विकासमा असर पारिरहेको सोधले देखाएको छ ।

तत्काल दीगो प्रकृतिको मौद्रिक नीति ल्याइनु पर्ने तिवारीको सोधको निस्कर्ष छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको