Like us!
Follow us!
Connect us!
Watch us!

पिरबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

अर्थ संसार

शनिबार, ०५ चैत्र २०७८, २० : ५३ मा प्रकाशित

पिरबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए । 

गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको