Like us!
Follow us!
Connect us!
Watch us!

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल निःशुल्क दन्त शिविर हुँदै

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १० : ५७ मा प्रकाशित

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल निःशुल्क दन्त शिविर हुँदै

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर पारेर आज (आइतबार) शिविर आयोजना गरिएको हो ।

शिविर अस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा. सफलढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म शिविर संचालन गरिने छ । शिविरमा ओपिडि टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिईने छ भने अन्य सेवाहरुमा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा. ढुंगेलले जानकारी दिए । अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविरहरु संचालन गर्दै आएको छ । 

दिवसको अवसरमा आइतबार बिहान जनचेतनामूलक र्याली समेत आयोजना गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको